Book Release and Award Distribution Program
May 25, 2022आज २०८०।०५।१८ गते सोमवार विहान लुम्बिनी बौद्ध विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राध्यापक डाक्टर सुवर्णलाल वज्राचार्यलाई थेरवाद बुद्धिष्ट एकेडेमी, विश्व शान्ति विहार मीन भवन नयाँबानेश्वरमा एक समारोह बीच भब्य स्वागत गरियो । त्यस एकेडेमीका संस्थापक सल्लाहकारसमेत हुनुभएका डा. वज्राचार्यलाई उक्त एकेडेमीका प्राचार्य डा. महेन्द्ररत्न शाक्यले फूलको गुच्छा दिई स्वागत गर्नु भएको थियो भने विश्वशान्ति दायक परिषद्का सुश्री अमिता धाख्वाले खादा ओढाइ सम्मान गरिएको थियो । त्यस एकेडेमीका अध्यक्ष भिक्षु् निग्रोध महास्थविरद्वारा पञ्चशील प्रदान गरी शुरु गरिएको उक्त कार्यक्रममा प्राचार्य डा. शाक्यले नवनियुक्त उपकुलपतिको परिचय दिनु हुंदै लामो समयदेखि डा. वज्राचार्य लुम्बिनी बौद्ध विश्वविद्यालय र थेरवाद बुद्धिष्ट एकेडेमीमा संलग्न भई सहयोग गर्दै आउनु भएको कुरा बताउनु भयो । साथै उहाँको बहुआयामिक व्यक्तित्व बारे प्रकाश पार्नुभयो ।
उक्त कार्यक्रममा सम्माननीय पूर्व प्रधान मन्त्री झलनाथ खनालले नववियुक्त उपकुलपतिलाई बधाई दिदै उहाँको सफलताको कामना गर्नुभयो । लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. डा. त्रिरत्न मानन्धरले लुम्बिनी बौद्ध विश्वविद्यालयलाई बौद्धमय बनाउनु पर्ने, अन्य विषयको पाठ्यक्रममा त्यसत्यस विषयसित सम्बन्धित बौद्ध अवधारणासहितको पाठ्यक्रम बनाउनु पर्ने, सिनियर टिचरहरूलाई पढाउन दिनुपर्ने आदि कुरा सुझाव दिदैं उहाँको कार्यकालको सफताको कामना गर्नुभयो । थेरवाद बुद्धिष्ट एकेडेमी संचाक समितिको तर्फबाट अनागारिका अग्गञाणीले उपकुलपतिको कार्यकालको सफलताको कामना गर्दै शुभकामना व्यक्त गर्नुभयो । त्यस्तै संचालक र विद्यार्थी पनि भएका डा. रीना तुलाधरले बाधाई दिंदै उपकुलपतिलाई सबैले सहयोग गर्नुपर्ने बताउनु भयो । थेरवादका अध्यापकहरूको तर्फबाट सहप्राध्यापक मदनरत्न मानन्धरले बुद्ध जन्मेको देशमा लुम्बिनी बौद्ध विश्वविद्यालयबाट बौद्ध शिक्षाको प्रचार प्रसार राम्ररी गर्न सकेमा देशमा विद्यमान भ्रष्टाचार नियन्त्रण गर्न मद्दत मिल्ने कुरा बताउ“दै उपकुलपतिको कार्यकालको सफलताको कामना गर्नुभयो ।
एकेडेमीको तर्फबाट भिक्षु धर्मगुप्त महास्थविरले नबनियुक्त उपकुलपतिलाई लाई मायाको चिनो स्वरुप एक चैत्य उपहार दिनुभयो ।
नव नियुक्त उपकुलपतिले सबैलाई धन्यवाद दिंदै आफ्नो कार्यकालमा लुम्बिनी बौद्ध विश्वविद्यालयलाई अन्तर्राष्ट्रिय बौद्ध विश्वविद्यालय नै बनाउन प्रयास गर्ने बताउनु भयो ।
एकेडेमीका अध्यक्ष भिक्षु निग्रोध महास्थविरले लामो प्रयासपछि प्राप्त गरिमामय उपकुलपति पदमा एक सक्षम नेतृत्व चयन भएको बताउँदै उहाँको कार्यकाल सफल रहोस भनी कामना गर्नुभयो र उपस्थित सबैलाई धन्यवाद दिनुभयो ।