Drabya Man Singh- Vasundhara Tuladhar Gold Medal awarded
December 8, 2024बुद्धजीवनी पुस्तक पुनर्मुद्रन गरी वितरण
December 8, 2024थेरवाद बुद्धिष्ट एकेडेमी पाँचौ समूहका विद्यार्थी श्री विकास शाक्यको सहयोगमा शिक्षक र विद्यार्थीहरू हनुमानढोका दरवार र सैनिक संग्रहालयमा भ्रमण गरेको छ । विकास शाक्य प्रमुख सेनानी तथा सैनिक संग्रहालयका प्रमुख हुनुहुन्थ्यो । २०८१।३।७ गते शुक्रवार हनुमानढोका दरवारको भ्रमण गरिएको थियो । विश्वसम्पदा सूचीमा रहेको यो दरवार १७ औं शताब्दीसम्म यो मल्लराजाहरूको राजदरवार थियो । १७ औं शताब्दीमा राजा प्रताप मल्लले दरवारको विस्तार गरेको थियो । यो दरवार ४२ रोपनी जग्गामा फैलिएको छ । सन् १७६८ मा पृथ्वी नारायण शाहले यहाँ चारवटा टावरहरू बनाउन लगाएको थियो । सन् १८८६ सम्म शाह राजाहरू पनि यही दरवारमै बसेको थियो । त्यसपछि मात्र नारायणहिटी राजदरवारमा सरेको बताइएको छ । यो दरवार भित्रको नासँचोक, मूलचोक, सुन्दरीचोक, मोहनचोक, तलेजु मन्दिर, त्रिभूवन संग्रहालय आदि ऐतिहासिक धरोहरहरू र कलाकृतिहरू अवलोकन गर्ने अवसर पाइयो । तलेजु भवानीको मन्दिर सन् १५६४ मा राजा महेन्द्रमल्लले बनाउन लगाएको थियो । यो बनाउने शिल्पकारहरू काठमाडौका मानन्धरहरू भएको कुरा विद्यार्थीहरूलाई मदन रत्न मानन्धर सरले बताएनु भयो ।
यसरी नै २०८१ श्रावण ३२ गते शुक्रवार यस एकेडेमीका शिक्षक तथा पाँचौं समूहका विद्यार्थीहरू सैनिक संग्रहालय छाउनीमा गएको थियो । त्यहाँ नेपाली सेनाको पोसाक, हातहतियार, बाजाहरू लगायत विभिन्न उपकरणहरू, पदकहरू, शाह राजाहरूलाई चढाएका विभिन्न मूर्ति तथा गरगहणाहरू प्रदर्शन गरिएको छ । राजा महेन्द्रले प्रयोग गरेको गाडी तथा हेलिकप्टर आदि प्रदर्शन गरिएको छ ।