
लुम्बिनी बौद्ध विश्वविद्यालयको तेश्रो दीक्षान्त समारोहमा थेरवाद बुद्धिष्ट एकेडेमीका दुई जना विद्यार्थीहरू उत्कृष्ट स्थान प्राप्त गर्न सफल
February 17, 2025
सेमिनार सम्पन्न
February 17, 2025यस थेरवाद बुद्धिष्ट एकेडेमीबाट थेरवाद बुद्धिजम् र पालि बुद्धिष्ट स्टडिज्मा एम. ए. अध्ययन गरी लुम्बिनी बौद्ध विश्वविद्यालयको तेश्रो दीक्षान्त समारोहमा सर्वोकृष्ट भइ स्वर्णपदक (गोल्ड मेडल) प्राप्त गर्न सफल विद्यार्थीहरू र उक्त समारोहमा दीक्षित हुने विद्यार्थीहरूको सम्मानमा मिति २०८१ मंसीर २३ गते आइतवार (८ डिसेम्बर २०२४मा) यस एकेडेमीमा प्रशंसापत्र वितरण र स्वागत कार्यक्रम गरिएको छ । भिक्षु बोधिज्ञान महास्थविरबाट शील प्रदान गरी शुरु गरिएको उक्त कार्यक्रमा एकेडेमीका प्राचार्य डा. महेन्द्र रत्न शाक्यले स्वागत मन्तव्य दिैदै तेश्रो दीक्षान्त समारोहमा थेरवाद बौद्ध अध्ययनको तर्फबाट सन् २०२० समूहका सूरज रत्न वज्राचार्य (भिक्षु कविन्दो) र पालि बौद्ध अब्ययनको तर्फबाट सन् २०२१ समूहका सुनिता महर्जन (कुसलञाणी गुरुमाँ) उत्कृष्ट हुनु भएको बताउनु भयो । त्यस्तै दोश्रो दीक्षान्त समारोहमा पनि यस एकेडेमीका सन् २०१४ समूहका विद्यार्थी शुष्मा वज्राचार्यले उत्कृष्ट स्थान हालिस गरेको बताउनु भयो । उक्त सामारोहमा श्री शुष्मा वज्राचार्यलाई डा. महेन्द्र रत्न शाक्यबाट प्रशंसा पत्र प्रदान गर्नुभएको थियो । त्यस्तै भिक्षु कविन्दोलाई एकेडेमीका कोषाध्यक्ष मीरा ज्योतिबाट र कुसलञाणी गुरमाँलाई एकेडेमीका संचालक सदस्य अग्गञाणी गुरुमाँबाट प्रशंसा पत्र प्रदान गर्नुभएको थियो । भिक्षु कविन्दो बुटवलमा भएकोले उहाँको प्रतिनिधिको रुपमा भिक्षु उत्तमोले प्रशंसापत्र ग्रहण गर्नु भएको थियो ।