
बुद्धजीवनी पुस्तक पुनर्मुद्रन गरी वितरण
December 8, 2024
तेश्रो दीक्षान्त समारोहमा सर्वोकृष्ट हुने विद्यार्थाीहरू सम्मानित
February 17, 2025यही २०८१ मंसीर १४ गते शुक्रबार (२९ डिसेम्बर २०२४मा) भएको लुम्बिनी बौद्ध विश्वविद्यालयको तेश्रो दीक्षान्त समारोहमा यस एकेडेमीका दुई जना विद्यार्थीहरू बौद्ध अध्ययन संकाय अन्तर्गत आंगिक तथा सम्बन्धन प्राप्त कलेजहरू मध्ये अत्यधिक अंक ल्याई सर्वोकृष्ट भइ स्वर्णपदक प्राप्त गर्न सफल भएका छन् । ती विद्यार्थीहरू
१. सूरज रत्न वज्राचार्य (भिक्षु कविन्दो)सन् २०२० मा M. A. in Theravada Buddhism र
२. सुनिता महर्जन (कुुसलञाणी गुरुमाँ)सन् २०२१ मा M. A. in Pali Buddhist Studies हुन्।
तेश्रो दीक्षान्त समारोहमा थेरवाद बुद्धिष्ट एकेडेमीबाट थेरवाद बुद्धिष्ट स्टडिनज्मा ३३ जना र पालि बुद्धिष्ट स्टडिज्बाट ५ जनाले भाग लिएका छन् । सबै विद्यार्थीहरूलाई हार्दिक बढाइ तथा शुभकामना छ ।
यसरी नै सन् २०१४ मा M. A. in Theravada Buddhism मा यस एकेडेमीबाट शुष्मा वज्राचार्यले उत्कृष्ट स्थान ल्याइ स्वर्णपदक जितेको थियो । उहाँलाई पनि हार्दिक बढाइ तथा शुभकामना छ ।