
सेमिनार सम्पन्न
February 17, 2025
थेरवाद बुद्धिस्ट एकेडेमीमा नयाँ प्राचार्य नियुक्त
July 23, 2026२०८३ असार २३ मंगलवारका दिन नेपालको बौद्ध क्षेत्रका विव्दान, परियत्ति अभियन्ता, बौद्ध कलाका अध्येता, लेखक, अनुसन्धानकर्ता र थेरवाद बुद्धिस्ट एकेडेमीका प्राचार्य डा. महेन्द्ररत्न शाक्यको आज विश्वशान्ति विहारमा धर्मसंवेगपूर्ण श्रद्धान्जली सभा सम्पन्न भयो । गत असार १४ गते विहान असामयिक निधन भएका उहाँ ललितपुरको सिन्चाहिटी निवासी हुनुहुन्थ्यो । उहाँको श्रीमति, तीन छोरी र दुई छोराहरु छन् । उहाँको निधनले नेपालको बौद्ध क्षेत्रमा अपुरणीय क्षति भएको कुरा श्रद्धान्जली मन्तव्य दिने वक्ताहरुले उल्लेख गरेका छन् ।
अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष श्रद्धेय भिक्षु फ्रा खु विशाल धम्मशोभण महास्थविरको प्रमुख आतित्थ्यमा र थेरवाद बुद्धिस्ट एकेडेमीका अध्यक्ष भिक्षु निग्रोध महास्थविरको सभापतित्वमा भएको उक्त श्रद्धान्जली सभामा अखिल नेपाल भिक्षु महासंघका महासचिव श्रद्धेय भिक्षु धर्मगुप्त महास्थविर, अखिल नेपाल भिक्षु महासंघका कोषाध्यक्ष, विश्वशान्ति विहारका प्रमुख तथा नेपाल बौद्ध परियत्ति शिक्षाका केन्द्रिय परीक्षा नियन्त्रक श्रद्धेय भिक्षु बोधिज्ञान महास्थविर आदि भिक्षुहरुको उपस्थितिमा एक मिनेट मरणानुस्मृति गरी मौन धारण गरिएको थियो ।
अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष श्रद्धेय भिक्षु फ्रा खु विशाल धम्मशोभण महास्थविरबाट पञ्चशील प्रदान गर्नुभई शुरु भएको उक्त कार्यक्रममा दिवंगत शाक्य प्रति श्रद्धान्जली अर्पण र शोकाग्रस्त परिवार प्रति समवेदना दिनु हुँदै यस एकेडेमीका विद्यार्थी पुर्व प्रधानमन्त्री झलनाथ खनालबाट उहाँको धर्मप्रतिको कुशल मार्ग निर्देशनको बारेमा भावपूर्ण मन्तव्य दिनुभएको थियो । लोटस एकेडेमीका कलेजका प्राचार्य वीरकाजी शाक्य, सुगत महाविद्यालयका प्राचार्य सुनीता बज्राचार्य तथा अक्षेश्वर परम्परागत कला क्याम्पसका प्राचार्य डा. नरेश शाक्य बाट धर्म, कला क्षेत्रमा उहाँको संलग्नताको बारेमा प्रकाश पार्नु भएको थियो । विश्वशान्ति दायक परिषदकी अध्यक्ष सुश्री अमिता धाख्वाज्यू बाट दिवंगत प्राचार्य डाः महेन्द्ररत्न शाक्यको संक्षिप्त जिवनी पार्नु भएको थियो भने थेरवाद बुद्धिस्ट एकेडेमीका सह प्राध्यापक मदन रत्न मानन्धर बाट पनि श्रद्धान्जली मन्तव्य दिनु भएको थियो ।
उक्त कार्यक्रममै दिवंगत शाक्यको चेतसिक नामक पुस्तक पनि लोकार्पण गरिएको थियो । साथै थेरवाद बुद्धिस्ट एकेडेमीका बोर्ड सदस्यहरु, शिक्षकहरु, विद्यार्थीहरु, परियत्ति सम्बद्ध महानुभावहरु,पत्रकार साथीहरु तथा आमन्त्रित सवै महानुभावहरुले उहाँको फोटोमा फुलगुच्छा अर्पण गरेर श्रद्धान्जली अर्पण गर्नुभएको थियो ।
थेरवाद बुद्धिस्ट एकेडेमीका अध्यक्ष भिक्षु निग्रोध महास्थविरको सभापतित्वमा संचालन भएको उक्त श्रद्धान्जली सभामा दिवंगत शाक्यका धर्मपत्नि चन्द्र देबी शाक्यले आप्mनो श्रीमानले परिवारलाई पनि धर्म पालना र समर्पित हुन सिकाउनु भएको कुरा बताउनु भएको थियो । कार्यक्रममा अनागारिका विमलञाणी, शुष्मा बज्राचार्य र विद्यालक्ष्मी बज्राचार्यले पनि श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा भिक्षु संघबाट अनिच्चावत संखारा वाचन र सभाका सभापति निग्रोध महास्थविर बाट पुण्यानुमोदन गराई कार्यक्रम समापन गरिएको थियो ।






























